६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य

 पुस ३, २०७८ शनिबार ७:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वरेण्टीन अनिवार्य गरिएको छ ।

अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वरेण्टीन अनिवार्य गरेको हो ।

होटल क्वरेण्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ । विभागकाअनुसार ७ दिन होटल क्वरेण्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको हो ।

विज्ञप्ति :

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Don sherpa

    Dec. 19, 2021, 12:46 p.m.

    खै , भारत पाकिस्तानको नाम ? नेपालमा भित्रिने त भारतवाटै हो /

  •  0 Reply
  • Tanka khanal

    Dec. 18, 2021, 8:09 a.m.

    कहिलेदेखि ? ५ क को जवाफ खोइ ?

  •  1 Reply

तपाईको प्रतिक्रिया