आप्रवासी श्रमिकको सामाजिक बहिष्करण न्यूनीकरणसम्बन्धी कार्यक्रम सम्पन्न

 पुस ३, २०७८ शनिबार १७:३३:३०
unn.prixa.net

खोटाङ – खोटाङमा आप्रवासी श्रमिकहरुलाई सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धी एकदिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने लान्छना, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनेबारे कार्यक्रममा छलफल भएको छ । 

कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइ सकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्धी मुद्दामाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउने बारे पनि कार्यक्रममा छलफल भएको छ । 

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरीरहेको सुरक्षितआप्रवासन परियोजना सामी अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममामा बालसेवा समाजका अध्यक्ष चन्द्रकला भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र नगरपालिकाभित्रबाट प्रतिनिधित्व गरी आएका २७ जना आमा समूहकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया