ई–पासपोर्ट अत्यावश्यक भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउन विभागले तोक्यो तीन ठाउँ

 पुष ८, २०७८ बिहीबार १८:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपाेर्ट) बनाउन अत्यावश्य भएकाहरुलाई त्यसको लागि चाहिने राष्ट्रिय परिचयपत्र काठमाण्डौका विभिन्न तीन स्थानबाट प्राप्त गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणी दरबार परिसरमा गएर अत्यावश्यक भएकाहरुले परिचयपत्र बनाउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

नेपाल सरकारले मंसिर १ गतेदेखि ई पासपोर्ट वितरण सुरु गरेसँगै त्यसको  लागि चाहिने राष्ट्रिय परिचयपत्र बनाउनेहरुको काठमाण्डौमा भिडभाड बढेको भन्दै विभागले यी स्थान तोकेको हो । वाग्मती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचयपत्र बनाउन आग्रह गरिएको छ । यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सबै अत्यावश्यक सेवाग्राहीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीलाई नारायणी दरबार परिसर तोकिएको छ ।

आउँदो आइतबारदेखि यी स्थानबाट सेवा लिन सकिने विभागले जनाएको छ । राहदानी विभागबाट सबै जिल्ला प्रशासन कार्यालय तथा इलाका कार्यालयबाट सेवा विस्तार नगरुञ्जेलसम्मको लागि यो व्यवस्था गरिएको हो । 

अहिले पनि ७७ वटै जिल्ला प्रशासन कार्यलय र १७ वटा इलाका प्रशासन कार्यालय र नाराणहिटी दरबारमा रहेका स्टेशनहरुबाट परिचयपत्र लिन सकिन्छ । तर ई पासपोर्ट बनाउन अत्यावश्यक भएकाहरुलाई सहज होस् भनेर विभागले यी स्थान तोकेको हो । अहिले ई पासपोर्ट काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट वितरण भइरहेको छ । 
 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Sadan gurung

    Jan. 7, 2022, 11:54 a.m.

    नमस्कार , म सदन गुरुङ / मेरो पासपोर्टको मिति सकिन लागेको छ , एक महिना मात्र बाँकी छ / यहाँ इलाममा पासपोर्ट खुलेको छैन , इमर्जेन्सी छ ...के के कागजात चाहिन्छ ?

  •  1 Reply
  • Nirmaya Tamang Lama

    Dec. 24, 2021, 7:01 p.m.

    नमस्ते मेरो पासपोर्ट हराएकोले मलाई नयाँ पासपोर्ट चाहिएको छ ! पासपोर्टको लागि परिचयपत्र चाहिदो रहेछ, मैले बनाएको छैन कहाँ गएर परिचय पत्र बनाउने हाे , थाहा छैन?

  •  0 Reply
  • Posh bahadur karki

    Dec. 24, 2021, 11:41 a.m.

    नमस्कार मेरो घर रामेछाप हो तर म काठमाडौ बस्छु।मेरो पासपोर्ट को म्याद सकियो।मैले यो रास्ट्रीय परिचयपत्र बनाउन रामेछाप नै जानू पर्छ कि? एहि काठमाडौ बाट हुन्छ ।जानकारी पाए अभारी हुने थिय।

  •  3 Reply
  • Neha Shah

    Dec. 24, 2021, 10:23 a.m.

    I want to make my passport for my upcoming process for going abroad for further studies.

  •  0 Reply
  • Gokarna Timalsina

    Dec. 24, 2021, 8:05 a.m.

    E passport

  •  0 Reply

तपाईको प्रतिक्रिया