नवलपरासीको दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

 पुष ९, २०७८ शुक्रबार ९:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो ।

गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताउनुभयो ।

आफूहरूले रातिको समयमा वन क्षेत्र नजिक हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष जीसीले बताउनुभयो ।

दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीय बासिन्दाले बताएका छन् । गएको महिना विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण ज्यान गएको थियो।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया