स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागेको छ : श्रम मन्त्री श्रेष्ठ

 पुष ११, २०७८ आइतबार १३:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न सरकार लागिरहेकाे बताउनुभएको छ । हिजाे काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको बताउनुभएको हो ।

'समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ', उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको पनि बताउनुभयो । सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया