इजरायलले भोलिदेखि लागू हुने गरी ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

 पुष १४, २०७८ बुधबार ६:३८:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलले ५५ देशमा लगाएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध सहज हुने इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो निर्णयसँगै धेरैजसो अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट हट्नेछन् । तर मेक्सिकोलाई भने खतराको रातो सूचीमा थपिनेछ । साथै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जानिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि रातो सूचीमा पर्नेछन् ।

प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरू कम्तीमा सात दिनको लागि क्वरेन्टिनमा बस्नुपर्नेछ ।     
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया