माओवादी महाधिवेशन : बन्द सत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

 पुस १६, २०७८ शुक्रबार १४:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आज शुक्रवारको बन्द सत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी कमिटीकाे बैठकमा छलफल भएलगत्तै आजको बन्द सत्र सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ । 

अध्यक्ष प्रचण्डको जवाफलगत्तै चुनावकाे प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ । गएकाे बुधवार र बिहीवार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।

अहिले माओवादी केन्द्रकाे आठाैँ महाधिवेशन काठमाण्डाैकाे प्रज्ञा भवनमा चलिरहेकाे छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया