माेबाइल र ल्यापटप चाेरी गर्ने चार जना काठमाण्डाैबाट पक्राउ

 पुस २०, २०७८ मंगलबार २०:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मोबाइल र ल्यापटप चोरी गर्ने चार जना आज मङ्गलवार काठमाण्डौबाट पक्राउ परेका छन् ।

काठमाण्डौ गोकर्णेश्वर नगरपालिकाका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाण्डौ मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भइ काठमाण्डौको गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले चोरी गरेका २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया