सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति

 पुष २०, २०७८ मंगलबार २०:४१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार र नेपालगञ्जका आन्दाेलनरत पक्षबीच सहमति भएकाे छ । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायकाे माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरू र सरकारकाे तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितकाे टाेलीबीच आज मङ्गलवार बेलुकी सहमति भएकाे हाे । 

धर्नाकाे नेतृत्व गरिरहनुभएकी अधिकारकर्मी रुबी खानले सहमति भएकाे विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । साथै उहाँले आफूहरूकाे धर्ना र आन्दाेलनकाे कार्यक्रम स्थगित भएकाे बताउनुभयाे ।

सरकार र आन्दाेलनरत पक्षबीच चार बुँदे सहमति भएकाे हाे । यस विषयमा सीआईबीबाट छानबिन गर्ने, उजुरीकर्ता र साक्षीकाे सुरक्षाकाे प्रत्याभूति गर्ने, यस विषयमा प्रशासनिक सहजीकरण र दाेषीलाई कारबाहीकाे प्रक्रियामा ल्याउने विषयमा सहमति भएकाे मन्त्रालयका प्रवक्ता प्रदीप काेइरालाले जानकारी दिनुभयाे । 

यसअघि नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनशन बस्नुभएकी रुबी खानले अनशन तोड्नुभएको थियाे । पीडितको न्यायका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाए पनि कार्यान्वयनमा नआएकाे भन्दै रुबी खानकाे नेतृत्वमा फेरि धर्ना कार्यक्रम सुरु भएकाे थियाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया