भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय

 पुस २२, २०७८ बिहिबार ७:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो ।

रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ । भारतसँग जीटुटीमार्फत मल खरिद गर्न विगत तीन वर्षदेखि पहल भइरहेको थियो । मल अभाव हुँदा किसानले हरेक वर्ष सास्ती खेप्दै आएका छन् ।

यसपालि धानका लागि मल अभाव नभए पनि गहुँ तथा आलुबालीमा आवश्यक पर्ने मल अभाव छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया