एक दिन बढी बिदा बसेको बहानामा कम्पनीले निकालिदिएपछि मलेसियामा अलपत्र

 पुष २२, २०७८ बिहीबार १३:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र पर्नुभएको छ ।

उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर कामबाट निकालेको होमबहादुरका भाइ रणबहादुर क्षेत्रीले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार होमबहादुर कम्पनीबाट दुई दिनको बिदा मागेर घुम्न जानुभएको थियो । तर कारणबस तीन दिन बिदा बसेकाले कम्पनीले निकालेको हो ।

‘उहाँले पहिलेका कम्पनी प्रमुखसँग बिदा लिएर घुम्न जानुभएको रहेछ तर अहिले कम्पनीको जिम्मेवारी सम्हालेको उनको छोराले म मालिक हो मसँग बिदा माग्ने हो भन्दै तीन दिनसम्म बिदा बसेको बहाना बनाएर कामबाट निकालेको हो’, आफ्नो दाइको भनाइलाई उद्धृत गर्दै रणबहादुरले भन्नुभयो, ‘पासपोर्ट, कागजात सबै कम्पनीसँगै छ, कम्पनीले बस्नको लागि दिएको कोठामा पनि ताल्चा लगाएपछि सडकमै बस्नुपरेको छ ।’

कम्पनीले कामबाट निकालेपछि अहिले ४५ वर्षीय होमबहादुर मलेसियाकाे सेलेङ्गार क्षेत्रमा अलपत्र पर्नुभएको छ । उहाँले यति लामाे समयसम्म त्याे कम्पनीमा काम गरेकाे 'इन्सेन्टिभ' पनि पाउनुभएकाे छैन । कोरोनाका कारण मलेसियामा स्वास्थ्यका मापदण्डमा कडाइ गरिएको छ । साथीहरुको कोठामा पनि जान सक्नुभएको छैन । बाहिरको मान्छेलाई आफ्नो कोठामा ल्याउन मिल्दैन । आफूसँग कागजात र पैसा नहुँदा दूतावाससम्म पनि जान सक्नुभएकाे छैन । आफ्नाे उद्धार गरि दिन हाेमबहादुरले  आग्रह गर्नुभएकाे छ ।
 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया