रुपन्देहीको गोर्खा ब्वाइजलाई हराउँदै चर्च ब्वाइज झापा कपको सेम...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउनका लागि राजनीतिक दलका बीचमा सहमतिको विन्दु खोज्नुपर्ने बताउनुभएको छ ।
आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसद्को अवरोध हटाउका लागि सहमतिको विन्दु खोजी गर्नुपर्ने बताउनुभएको हो । उहाँले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिनुभयो । उहाँले सबै गतिरोध हटाएर देशलाई गति दिनुपर्ने बताउनुभयो ।
संयाेजक पाैडेलले भन्नुभयो, ‘नेपाललाई असफल देश बनाउन पाइँदैन भन्ने मेरो भनाइ हो । सबै नेतालाई मैले अनुरोध गरेकाे छु– सहमति, सम्झौता विन्दु खोजौँ । कुनै न कुनै सहमतिको विन्दु खोजौँ । तर यो अदालतको अवरोध, संसद्को अवरोध, एमसीसीको अवरोधलाई हटाएर देशलाई अब गति दिनुपर्याे भन्ने कुरा मैले गरेँ । मैले १५/१६ बुँदे एउटा सुझाव पनि प्रस्तुत गरेकाे छु, भोलि त्यसमा छलफल हुन्छ ।’
संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा आफूले जोड दिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।