समाचारमा आए जस्ताे केही हाेइन, अर्थमन्त्री र मबीच मतभेद छैन : गभर्नर

 पुष २५, २०७८ आइतबार १७:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन आफू लागेको भन्ने नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीको भनाइ गलत भएको बताउनुभएकाे छ ।

आज आइतवार सांसद माेदीले गभर्नरलाई राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ट्युनिङ नमिलेकाे हाे भन्दै प्रश्न गर्नुभएकाे थियाे । त्यसकाे जवाफ दिँदै गभर्नर अधिकारीले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले कर्मचारीहरूले, संस्था चलाउनुपर्ने व्यक्तिहरूले त्यस्तो खालको सोचाइ कहिल्यै नराख्ने तर्कसमेत गर्नुभयो । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुरै नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मोदीजीले उठाउनुभएको थियो– अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदि/इत्यादि केही हो कि भनेर । म त्यसमा भन्न चाहन्छु, हामी कर्मचारीहरू, संस्था सञ्चालन गर्नुपर्ने व्यक्तिहरूले कहिल्यै पनि त्यस्तो खालको सोचाइ राख्दैनौँ । यस्ताे कुरा कहिलेकाँही सञ्चारमाध्यममा आएकाे देख्छौँ तर त्यस्तो कहीँ पनि हुँदैन ।

गभर्नर अधिकारीले आफूहरूले बुझाउन नसकेको कारणले गर्दा पनि सञ्चारमाध्यमले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दाबीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया