काठमाण्डौमा टिपर र मोटरसाइकलले ठक्कर दिँदा दुई जना पैदलयात्रीको ज्यान गयो

 पुष २६, २०७८ सोमबार ७:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौकाे छुट्टाछुट्टै दुई ठाउँमा दुर्घटना हुँदा दुई जना पैदलयात्रीको ज्यान गएको छ ।

दुर्घटनामा परि कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो ।

विकलाई काठमाण्डौको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो ।

२२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

यस्तै गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।

६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ। 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया