कुवेतमा नेपाली श्रमिकका सेवा सुविधा सुनिश्चित गर्न रोजगारदातालाई दूतावासको आग्रह

 पुस २६, २०७८ सोमबार १६:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा रहेका नेपाली श्रमिकलाई सेवा सुविधाबाट वञ्चित नगर्न स्थानीय रोजगारदातासँग नेपाली दूतावासले आग्रह गरेको छ ।

कुवेतमा रहेको नेपाली दूतावासमा स्थानीय रोजगारदाता र दूतावासबीच गएको शनिबार भएको एक छलफल कार्यक्रममा राजदूत दुर्गाप्रसाद भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जोखिमयुक्त कार्यक्षेत्रमा खटाउनुपूर्व सुरक्षाको उपायहरु अपनाउनुपर्ने, श्रमिकको तलबभत्ता तथा सेवा सुविधा तोकिएकै समयमा दिनुपर्ने विषयमा रोजगारदाताको ध्यानाकर्षण गराउनुभएको दूतावासले जनाएको छ । 

यस्तै उहाँले कम्पनी र श्रमिकबीच भएको करार सम्झौताअनुसारको खाना तथा आवासको व्यवस्था गर्न र कम्पनीको बारेमा म्यानपावर एजेन्सीसँग छलफल गरि स्पष्ट पारिनुपर्नेमा पनि जोड दिनुभयो । 

कार्यक्रममा सहभागीका तर्फबाट राजगारदाताहरुले नेपाली श्रमिकको प्रशंसा गर्दै उनीहरुलाई दिने सेवा सुविधा तथा सुरक्षाको प्रतिवद्धता पनि व्यक्त गरेको दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया