दाङ : सई हुँ भन्दै धम्की दिँदै ठगेकाे आराेपमा एक जना पक्राउ

 पुस २९, २०७८ बिहिबार १९:३८:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सामान किनेको पैसा माग्दा प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै पसलेलाई धम्क्याएकाे आराेपमा दाङकाे घोराही उपमहानगरपालिका १५ का रामबहादुर बस्नेत पक्राउ गरेका छन् । 

आफूले सामान किनेको पसलेलाई पैसा नदिन सई भएको नाटक गरी ठगी गर्न खोज्ने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  ।

जिल्ला मालपोत कार्यालय नजिकै रहेको एक पसलमा हिजाे बुधवार बस्नेतले दुई वटा बल्याङ्केट लगे पनि पसलेले पैसा माग्दा आफू सई हुँ भन्दै पैसा नदिएर गएको प्रहरीले जनाएको छ । बस्नेतले प्रहरीको सीआईडी हुँ तथा ब्युरोको सई हुँ भन्दै थर्काएको गुनासोको आधारमा उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया