संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने देउवा र प्रचण्डको प्रतिबद्धता

 माघ ३, २०७८ सोमबार १५:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको छ । साथै थप आवश्यक छलफल गर्न सरकार सञ्चालनका लागि गठित राजनीतिक समन्वय समितिको भोलि बिहान ९ बजे बालुवाटारमा बोलाइएको छ । 

देउवा र प्रचण्डबीचको भेटमा स्थानीय तहको चुनाव लगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय भएको प्रचण्डको सचिवालयका सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले ट्वीट गरी जानकारी दिनुभएको छ । 

यसैबिच स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यसै हप्ताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुने बताउनुभएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने जानकारी दिनुभयो । मोरङमा भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन चुनावका लागि प्रतिबद्ध रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति टुङ्गो लाग्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया