तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना
जेठ २४, २०८० बुधबार
सङ्खुवासभा - सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का अध्यक्ष मिरबहादुर राईमाथि नचिनेकाे समूहले ढुङ्गा प्रहार गरेकाे छ ।
हिजाे बेलुका ७ बजेतिर चिचिला गाउँपालिकाको हिउँदे अधिवेशन सकेर घर फर्किने क्रममा राईमाथि ढुङ्गा प्रहार भएकाे गाउँपालिकाले जनाएकाे छ ।
चिचिला–२ को ६ टनिङ्ग भन्ने ठाउँ हुँदै मोटरसाइकलमा घर फर्किरहेका वडाध्यक्ष राईमाथि एक्कासी ढुङ्गा प्रहार भएको थियो ।
ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते हुनुभएकाे छ भने मोटरसाइकलमा केही क्षति पुगेको छ । कसले, किन आक्रमण गर्याे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चिचिला गाउँपालिकाले विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्नेलाई कारबाहीको दायरामा ल्याउने जनाएकाे छ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।