साप्सु खोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे

 माघ ६, २०७८ बिहिबार ८:३६:२६ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेकाे साप्सु खोलाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत् आयोजनाको काम पूरा गरेको हो । आयोजनाको काम सम्पन्न भएसँगै गएकाे १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्री स्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताउनुभयो । 

आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपुँजी लगानी रहेको छ । राजापानीको बेलडाँडामा रहेकाे पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

वर्षायाममा ६ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमतामा ह्रास आउने भएकाले हिउँदमा पिकआवरमा पूर्णक्षमताकै विद्युत् आपूर्तिका लागि रिजर्भर निर्माण गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया