नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाँडले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताउनु भएको छ ।
गृहमन्त्री खाँडले आज पीडित विद्यार्थी र विद्यार्थी सङ्गठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
उहाँले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । गृहमन्त्री खाँडले विद्यार्थी सङ्गठनका नेताहरुलाई पनि याे घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराउनुभयो ।
उहाँले संविधान र कानुनको परिधि भित्र रहेर यस कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताउनु भयो । विद्यार्थीहरुले जथाभाबी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँड समक्ष आग्रह गर्नुभयो । उहाँले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरुले पढ्न पाउने अवस्था गुम्ने चेतावनी पनि दिनु भयो ।
विद्यार्थी सङ्गठनका नेताहरुले विद्यार्थीहरुमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरुलाई तत्काल कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यार्थी सङ्घका सभापति राजीव ढुङ्गानाले विद्यार्थीहरुलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कारबाही गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।