पाेलमा राखिँदै गरेकाे टेलिकमकाे तार चाेर्ने ५ जना काठमाण्डाैबाट पक्राउ

 माघ ९, २०७८ आइतबार १९:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टेलिकमको तार चाेर्ने गिरोहका पाँच जना काठमाण्डाैबाट पक्राउ परेका छन् । काठमाण्डाैकाे तारकेश्वर नगरपालिका ६ काे लाेलाङ हाइटमा पाेलमा राखिँदै गरेकाे टेलिकमकाे तार चाेर्ने बझाङका प्रेमबहादुर बाेहरा, कैलालीका नरेश बुढा र गाेविन्द साउँद, गाेरखाका राजन घले, काभ्रेका प्रविन कार्की पक्राउ परेका प्रहरीले जनाएकाे छ । 

हिजाे शनिवार तार चाेरी भएपछि महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तारकेश्वरकाे धर्मस्थली महाकाल मन्दिर नजिकबाट पक्राउ गरेकाे हाे ।

चाेरेकाे तार प्र.३.–०१–०२३ च.४३०१ नम्बरकाे पिकअप भ्यानमा राखेर मन्दिर नजिककाे भित्री शाखा सडक खण्डको जङ्गलतर्फ गइरहेकाे अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी वृत्त बालाजुले जनाएकाे छ । उनीहरूकाे साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजार, एउटा तारमा ५० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १४ मिटर र एउटा तारमा १०० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १०० मिटर बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया