बोर्डको शव ढुवानी बाहेक अन्य सेवा बन्द, आर्थिक सहायताका लागि पालिकाबाट निवेदन दिन सकिने

 माघ १०, २०७८ सोमबार १६:३६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमण कारण वैदेशिक रोजगार बोर्डले शव ढुवानी बाहेक अन्य सेवा बन्द गरेको छ ।

माघ ९ गते आइतबारदेखि विदेशबाट आएका शव ढुवानी गर्ने सेवा बाहेक बोर्डबाट प्रदान हुँदै आएका अन्य सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो । 

बोर्डका विभिन्न शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा स्थगन गर्नु परेको विज्ञप्तिमार्फत बोर्डले जानकारी दिएको छ ।

तर बोर्डमार्फत प्रदान हुने आर्थिक सहायता लगायतका सेवाका लागि भने आफ्नो पालिकामार्फत अनलाइन माध्यमबाट निवेदन दिन बोर्डले अनुरोध गरेको छ । 

अत्यावश्यक सेवा लिन बोर्डको कार्यालयमा उपस्थित हुने सेवाग्राहीले अनिवार्य रूपमा स्वास्थ्यका मापदण्डका साथै खोप कार्ड साथमा लैजान पर्नेछ । कार्डको फोटो मोबाइलमा भए पनि हुनेछ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया