को अघि ? संसारको ‘च्याटजीपीटी’ कि नेपालीको ‘च्याटजेपिटी’ !
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीको सिलसिलामा ओमान पुग्नुभएको छ । तर तपाईँलाई त्यहाँ पुर्याउने व्यक्तिले पहिले भनेजस्तो त्यहाँ काम गर्ने वातावरण छैन र भनिएको भन्दा निकै फरक काम पाउनुभएको छ भने तपाईँले रोयल ओमान प्रहरीको हटलाइन नम्बरमा फोन गरेर सहयोग लिन सक्नुहुन्छ ।
मानव तस्करीको सिकार भएर ओमान पुगेका श्रमिकहरूलाई सहयोग गर्न राष्ट्रिय मानव बेचबिखन विरुद्धको समिति ओमानले हटलाइन नम्बरको व्यवस्था गरेको छ । रोयल ओमान प्रहरीलाई ८००७७४४४ नम्बरमा फोन गर्न सकिन्छ ।
तपाईँसँग पासपोर्ट नभएमा, पाउने सेवा सुविधा सम्झौता पत्रमा उल्लेख गरेभन्दा कम भएमा, जबरजस्ती कार्य अवधिभन्दा बढी समय काम गर्न बाध्य बनाएमा, साप्ताहिक बिदा नदिएमा र बिदाको दिन काम गरेबापतको तलब पनि नदिएमा, रोजगारदाताले कुटपिट गर्ने, हिंसाको धम्की दिने, खान बस्न पैसा नदिने, भिसा दिए बापत पनि श्रमिकसँग नै पैसा लिन लगायतको व्यवहार भएको छ भने रोयल ओमान प्रहरीलाई फोन गरेर जानकारी गराउन सकिन्छ ।
रोयल ओमानी प्रहरीले यस्तो समस्यामा परेकाहरूलाई निःशुल्क रूपमा आवश्यक सहयोग गर्नेछन् ।
आफ्नो समस्या प्रहरी कार्यालयमै गएर भन्दा पनि हुन्छ । यदि आफैँ जान नसकेको खण्डमा साथीभाइले तपाईँको जानकारी दिँदा पनि हुन्छ ।
ओमानी प्रहरीले उजुरी उपर छानबिन गर्नेछन् । सुरक्षा तथा हितको लागि विशेष सुरक्षा गृहमा राख्न पनि सक्नेछन् । सहयोगी कर्मचारीले समस्यामा परेकाको सुरक्षा, औषधि उपचार लगायतका अन्य आवश्यकताको ख्याल गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।