‘गोल्ड’ले चम्कायो मौनीको भाग्य, पारिश्रमिक बढेको बढ्यै

 भदौ २६, २०७५ मंगलबार १४:१३:५४ | एजेन्सी

टेलिभिजनकी अभिनेत्री मौनी रोयको बलिउड डेब्यू फिल्म ‘गोल्ड’ बक्स अफिसमा सफल भएको छ । साथै फिल्ममा मौनी रोयको अभिनयको पनि प्रशंसा भएको छ । 

यस फिल्मबाहेक मौनी रोय अहिले अभिनेता रणवीर कपूर र आलिया भट्टका फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकंनका लागि बुल्गेरियामा छिन् । 

मौनीलाई अहिले बलिउड फिल्ममा कामका लागि थुप्रै प्रस्तावहरु आइरहेका छन् । यही कारणले हुन सक्छ मौनी यतिबेला थोरै पारिश्रमिकमा काम गर्न राजी छैनन् । खबरहरुका अनुसार मौनीले एक वेब सिरिजको प्रस्तावलाई पारिश्रमिक कम भएकै कारण अस्वीकार गरिदिएकी छिन् । मौनीलाई त्यस वेब सिरिजका निर्माताहरुले अर्की टेलिभिजन नायिक हिना खानको तुलनामा निकै थोरै पारिश्रमिक दिने कुरा गरे पछि मौनीले त्यो भन्दा बढी पारिश्रमिक मागेकी थिइन् । 


मौनीले उक्त वेब सि।िजका लागि प्रति एपिसोड ३ लाख रुपैयाँ मागेकी थिइन् । साथै हिना खानले प्रति एपिसोड २ लाख ५० हजार रुपैयाँ लिइरहेकाले आफूले ३ लाख रुपैयाँ लिने बताएपछि निर्माताहरु मौनीको प्रस्ताव नमानेर फर्किएका छन् । हिना खानलाई टेलिसिरियल ‘कसौटी जिन्दगी के’ को रिमेकमा कोमलिकाको भूमिकाको लागि प्रस्ताव गरिएको छ । यस शोमा हिना खान प्रति एपिसोड २ लाख ५० हजार लिइरहेकी छिन् । 

मौनी रोयको कुरा गर्नुपर्दा फिल्म ‘गोल्ड’ बाट बलिउड डेब्यू गरेसँगै उनको हातमा अहिले ३ वटा फिल्महरु रहेका छन् । फिल्म ‘ब्रम्हास्त्र’, ‘रो’ र ‘मेड इन चाइना’ मार्फत मौनी दर्शकमाझ आउने तयारीमा छिन । त्यसैले पनि मौनी रोयले अहिले उनको पारिश्रमिक बढाउनुको कारण हुन सक्छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया