काठमाण्डौ उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल

 माघ १२, २०७८ बुधबार ७:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरिएको छ । यस्तै राष्ट्रिय  ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार तथा निजामती अस्पताल नयाँबानेश्वर, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५/५ हजार सिटामोल वितरण गरिएको छ ।

राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र कीर्तिपुरलाई ३ हजार तथा गंगालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आयुर्वेद अस्पताल नरदेवीलाई २/२ हजारका दरले सिटामोल वितरण गरिएको छ । बजारमा अझै पनि अभाव भएपछि सरकारले काठमाण्डौका ठूला अस्पताललाई सिटामोल वितरण गरेको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया