सरकारले तीनै तहकाे चुनाव समयमै गर्छ : प्रवक्ता कार्की

 माघ १२, २०७८ बुधबार १५:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताउनुभएको छ । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र सङ्घको चुनाव हुने प्रष्ट पार्नुभएकाे हो । आज बुधवार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानमा व्यवस्था भएअनुसार सबै तहको चुनाव समयमै गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि कानुनविद्हरूसँग छलफल गरिसकेको पनि स्मरण गराउनुभयो । 

मन्त्री कार्कीले संविधानले परिकल्पना गरेअनुसार नै स्थानीय तहलाई अझ बढी प्रभावकारी बनाउने गरी अघि बढ्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयाे । उहाँले भन्नुभयो, ‘स्थानीय तहकाे चुनावकाे हकमा, यसलाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ । सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहकाे चुनाव गर्नेछ । यसमा केही दिन अगाडि प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानुनविद्हरूको पनि परामर्श भएको छ । संविधानअनुसार कानुनलाई मिलाएर अगाडि बढाउन उहाँहरूको सल्लाह छ । यसबारेमा छलफल चलिराखेको छ ।’

मन्त्री कार्कीले संसदमा अवराेध नगर्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई फेरि आग्रह गर्नुभयो । उहाँले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदमा अवराेध गर्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया