फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' पठाएर म्यासेन्जरमा कुराकानी गर्न थाले, 'ब्ल्याकमेल' गर्दा पक्राउ परे

 माघ १४, २०७८ शुक्रबार १४:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विद्युतीय कारोबार ऐन अन्तर्गतकाे कसुरमा विदेशमा फरार रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट पक्राउ गरेका छन् । प्रहरीले कास्कीकाे रूपा गाउँपालिका ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेकाे हाे । उनलाई विदेशबाट नेपाल फर्केपछि प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।

खनालले वैदेशिक राेजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलालाई साथी बनाउन अनुराेध पठाएका थिए । ती महिलाले अनुराेध स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने क्रममा उनले नग्न तस्बिर र भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिँदै 'ब्ल्याकमेल' गरेका प्रहरीले जनाएकाे छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया