चराहरूको सुन्दर घर जगदीशपुर ताल (फोटो फिचर)

 माघ १४, २०७८ शुक्रबार १७:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा पर्ने जगदीशपुर ताल चराहरूको सुन्दर घर हो । बर्सेनि हजारौँ पाहुना चराहरूले यो ताललाई वासस्थान बनाएका छन् । जलपक्षीहरूको आउने क्रम बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत गरिएको हो ।

हरेक वर्ष जाडोयाम सुरु भएसँगै रुस, चीन, मङ्गोलिया, साइबेरिया, तुर्केमिस्तान र किर्गिस्तानबाट हजारौँ चरा जाडो छल्न यो तालमा आउने गर्दछन् । यो तालमा सबैभन्दा बढी मरुल चरा आउने गरेका छन् । तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चराहरूको चहलपहलले तालमा पुग्नेहरूलाई लोभ्याउँछ । गर्मी हुन थालेपछि चराहरू फेरि आफ्नै देशमा फर्किने गर्छन् ।

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया