नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा कान्तिपुर र नागरिक अस्पतालका कर्मचारीसहित बिचौलिया पक्राउ

 माघ १९, २०७८ बुधबार १५:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाण्डाैकाे तीनकुनेमा रहेको कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी शिक्षण अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बुधवार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा नागरिक कम्युनिटी शिक्षण अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र रहेका छन् । यस्तै कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । 

प्रहरीले छिट्टानको साथबाट आठ थान र यादवको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्ट पनि बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब विना नै बिचौलियाहरू आफैँले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवम् व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको स्वाब नै सङ्कलन नगरि तयार पारिएका रिपोर्ट क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी बनाउने गरेको पाइएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया