विदेश जाँदै हुनुहुन्छ ? झुक्किएर पनि सूर्तिजन्य पदार्थ नबोक्नुहोस्

 माघ २०, २०७८ बिहीबार ११:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – तपाईँ नेपालबाट विदेश यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने झुक्किएर पनि सुर्तिजन्य पदार्थ नबोक्नुहोस् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न सचेत गराएको छ । कार्यालयले सुचना निकाले पछि विभिन्न एअरलाइन्स कम्पनीले पनि यात्रुलाई सूर्तिजन्य पदार्थ नबोक्न अनुरोध गर्दै सुचना निकालेका छन् । 

यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता बस्तु साथमा राख्न पाउने छैनन् । यसका साथै मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्यारेन्टिन कार्यालयबाट अनुमति लिएर मात्र लैजान पाइन्छ । मासुजन्य कुरा लैजाने हो भने क्यारेन्टिन कार्यालयबाट अनुमति लिन भनिएको छ । 

वैदेशिक रोजगार विभाग र महानगरिय प्रहरी कार्यालय रानी पोखरीको पत्र प्राप्त भएपछि एअरलाइन्स कम्पनीले पनि यस्तो अनुरोध गरेका हुन् ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • krishna

    Feb. 4, 2022, 2:05 p.m.

    लगेजमा त पाउँछ होला कि नाइँ चुरोट सूर्ती लान ??

  •  0 Reply

तपाईको प्रतिक्रिया