काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो/भिडियाेसहित)

 माघ २१, २०७८ शुक्रबार ९:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । 

पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकीसहित हुम्ला, सोलुखुम्बु, बझाङ, बाजुरा, बैतडी, डाेटी, दार्चुला लगायत जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । 

सुदूरपश्चिममा अहिलेसम्म तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।

हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे जनजीवन कष्टकर भएको छ ।

सुदूरपश्चिमका जिल्लामा बिहीवार दिउँसोदेखि पानी पर्न सुरु भएसँगै हिजाे रातिदेखि हिमपात समेत सुरु भएको  हो ।

हिमपातका कारण बझाङको टेलिफोन सेवा, यातायात सेवा र विद्युत् सेवा समेत ठप्प भएकाे छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत ढोल्यामोड श्रीभावर लगायतका दर्जनभन्दा बढी ठाउँमा बाक्लो हिउँ परेकाे छ ।

जसका कारण लामाे तथा छाेटाे दूरीमा चल्ने दर्जनौँ गाडीबीच बाटोमै अलपत्र परेका छन् । हिमपात भइरहेका कारण सडक सञ्चालनमा ल्याउन पनि समय लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै डोटीको खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीवारदेखि हिमपात भइरहेको छ ।

यस्तै, सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेकाे छैन भने काठमाण्डौलगायत बाहिरी जिल्लामा जाने गाडी छुट्न सकेका छैनन्। 

हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ । हिमपात भएपछि किसान भने खुसी भएका छन्।

हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । 

चन्द्रागिरिमा हिमपात :

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया