वैदेशिक रोजगारीमा जान चाहनेको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै

 माघ २१, २०७८ शुक्रबार १२:२२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

पुरुषहरुले इण्डष्ट्रियल इलेक्ट्रिशियन, मेसन, शटरिङ कार्पेन्ट्रि, स्काफोल्डिङ, स्टील फिक्सर, पाइप फिटर, अब्रेसिभ ब्लास्ट तथा स्प्रे पेन्टिङ, प्लम्बिङ र किचेन हेल्परको तालिम लिन सक्नेछन् । यस्तै महिलाको लागि गार्मेन्ट मेसिन अपरेटर र हाउस किपिङ/क्लिनरको तालिम दिन लागिएको हो । पुरुषहरुको लागि तालिम काठमाण्डौ, झापा, बुटवल, जनकपुर र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ । यस्तै महिलाको लागि तोकिएको हाउस किपिङ/क्लिनरको तालिम पोखरा तथा गार्मेन्ट मेसिन अपरेटरको तालिम काठमाण्डौमा सञ्चालन हुने छ ।

तालिम लिनको लागि पासपोर्ट र नागरिकता पेस गर्नुपर्छ । उमेर पुरुषको हकमा १९ पुगेर ३५ वर्ष नकटेको र महिलाको हकमा उमेरहद हाउस किपिङ/क्लिनरको लागि १९ देखि ३५ वर्ष र गार्मेन्ट मेसिन अपरेटरको लागि १९ देखि ३० वर्ष रहेको छ । यस्तै शैक्षिक योग्यता पेशा अनुसार सामान्यदेखि दश कक्षा उत्तीर्ण तोकेको छ । तालिमको लागि चाहिने सेफ्टी सु (कन्स्ट्रक्शन सम्बन्धि तालिम लिनेहरूका लागि मात्र) र मेडिकल जाँचको खर्च आफैले बेहोर्नुपर्ने हुन्छ । 

सामीले विभिन्न समयमा सीपमूलक तालिम दिँदै आएको छ । यस चरणको तालिमअन्तर्गत केही तालिम माघ २० गतेदेखि सुरु भइसकेका छन् भने केही सुरु हुने क्रममा छन् । तालिममा भर्ना हुन चाहनेले ९८४०२४८०३४ मा सम्पर्क गरेर आफ्ना सिट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।


अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sujan rai

    Feb. 6, 2022, 9:02 a.m.

    Good work from the government.

  •  0 Reply

तपाईको प्रतिक्रिया