नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान सात बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ । पुरानो बुकिङ भएकाहरुलाई बिहान सातबजेदेखि दश बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ ।
यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो । नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको विभागका सूचना अधिकारी शरदराज अरनले उज्यालोलाई जानकारी दिनुभयो ।
केही समय कोरोनाका कारण रोकिएको सेवा प्रभाव अहिले पुरानै अवस्थामा सञ्चालन भइसकेको छ । यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sudish kumar prajapati
Feb. 9, 2022, 11:26 a.m.फागुण १ गतेको छ , हुन्छ कि हुँदैन ??
Dinesh Kumar rai
Feb. 9, 2022, 8:14 a.m.I want e-passport
Baburambanjade
Feb. 8, 2022, 10:15 p.m.तुरुन्त चाहियो /
Sanam majhi
Feb. 8, 2022, 9:20 p.m.म फागुन १ गते आउँदा हुन्छ ? पहिलोपटक इ पासपोर्ट बनाउन लागेको वैदेशिक रोजगारीको लागि , यसको लागि के के चाहिन्छ, अनि खर्च कति लाग्छ ? मलाई तुरुन्त चाहिएको छ / थप जानकारीको लागि कहाँ सम्पर्क गर्ने ?
Bhakta Bahadur Gurung
Feb. 8, 2022, 3:41 p.m.इ पासपोर्टको लागि /