सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
दाङ - दाङमा झण्डै आठ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भइ घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर– १८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुन रहेका प्रहरीले जनाएको छ ।
दलबहादुर कामीको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागुऔषध चरेससहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । प्लास्टिककाे बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा पिस बरामद भएको प्रहरीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।