दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गर्छाैँ : निजी डेरी उद्याेगी

 माघ २८, २०७८ शुक्रबार १४:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी डेरी उद्याेगहरूले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाउने भएका छन् । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग अर्थात् डेरीहरूको सङ्गठन नेपाल डेरी एसोसिएशन र डेरी उद्योग सङ्घले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने जानकारी गराएका हुन् ।

अब दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको बजार मूल्य प्रतिलिटर ७६ रुपैयाँ र आधा लिटरको मूल्य ३८ रुपैयाँ थियो । अब आधा लिटर रहेको एक प्याकेट दूधको मूल्य ४३ रुपैयाँ कायम भएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय गरेको थियो । सरकारी स्वमित्वको डीडीसीले लिटरमा नौ रुपैयाँ बढाउने निर्णय गरेको छ । तर डीडीसीले बढाएको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया