तुलसीपुर आगलागी : झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति, ज्यान गुमाएकाका परिवारलाई पालिकाले राहत दिने

 माघ २९, २०७८ शनिबार ७:४३:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा भएको आगलागीमा ज्यान गुमाएकाका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले राहत दिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा आगलागीमा परेर ज्यान गुमाएका पाँच जनाको किरिया खर्च बापत प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । साथै ठूला घर तथा भवनमा आगलागी हुँदा निभाउन सक्ने गरी दमकल खरिदका लागि बजेट व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

तुलसीपुरमा हिजो भएको आगलागीबाट दुई परिवारका गरी पाँच जनाले ज्यान गुमाएका छन् भने झण्डै सात करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताउनुभयो ।

जुत्ता चप्पलको गोदाम र कस्मेटिक गोदाम समेत गरी सात करोड रुपैयाँ बराबरको क्षति भएको विवरण पीडितले पेस गरेका डीएसपी अर्यालले जानकारी दिनुभयो ।

 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया