खोटाङमा बिदाका दिन सरकारी मोटरसाइकलको दुरुपयोग

 फागुन १, २०७८ आइतबार ९:११:९ | दमन राई
unn.prixa.net

खाेटाङ - सार्वजनिक बिदाका दिन विना पास चलाएको भन्दै खोटाङ प्रहरीले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएर छाडेको छ । 

हिजो शनिवार बिदाका दिन चलाउने वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगकाे एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा २ ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने सर्तमा सम्बन्धित कार्यालयलाई बुझाइ छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया