महाअभियाेग लागेकाे पत्र बुझेर सर्वाेच्च अदालतबाट बाहिरिनुभयाे जबरा

 फागुन १, २०७८ आइतबार १४:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिनुभएको छ । संसद् सचिवालयले उहाँ निलम्बनमा परेकाे सूचना प्रकाशित गरेसँगै जबरा महाअभियाेग लागेकाे पत्र बुझेर अदालतबाट बाहिरिनुभएकाे हाे । 

प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र  प्रधानमन्त्री कार्यालयमा पठाएको छ । 

जबरालाई रजिस्टारहरू लालबहादुर कुँवर र नारायण पन्थीले गेटसम्म आएर बिदाइ गर्नुभयो । जबरा घर फर्किँदा उहाँ चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो । 

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हाल्नुभएको हो । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।

 याे पनि पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया