खाेटाङ : आगलागी भएका बेला दमकल जसरी प्रयाेग गर्ने गरी 'फायर हाइड्रेन्ट गेट भल्भ' परीक्षण

 फागुन ३, २०७८ मंगलबार २०:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेल बजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत दिक्तेल बजारका १० ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा आज मङ्गलवार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हाे । 

दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर हाइड्रेन्ट गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो । 

पहाडी जिल्लामा आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ २०७५ चैत १४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको हो । त्यही आयोजना अन्तर्गत अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । 

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया