प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक संसदमा विचाराधीन रहेको र लगातार बैठक अवरोध गर्दा नीति निर्माण तथा आम नागरिकका समस्या राख्ने थलो बन्धक भएकाले बैठक चल्न दिन आग्रह गर्नुभएको थियो । तर एमालेका सांसदहरूले एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले हटाउनुपर्ने, सभामुखले विगतमा गरेका गल्तीबारे माफी माग्नुपर्ने लगायतका माग गर्दै बैठकमा नाराबाजी गरिरहे ।
विधि र प्रक्रियाबाट पनि आफ्ना विरोध राख्न सकिने भएकाले संसद् बन्धक नबनाउन सभामुखले पटक–पटक आग्रह गर्नुभएको थियो ।
एमालेको अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पनि बैठकबाट पारित भएको छ ।
अर्को बैठक यही ६ गते शुक्रवार बस्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।