शेयर बजार झन्डै २० अङ्कले घट्यो, ३ अर्ब रुपैयाँको कारोबार

 फागुन ४, २०७८ बुधबार १५:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार ५३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधवार भने झन्डै २० अङ्कले घटेको छ । नेप्से आज १९ दशमलव ८४ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ । 

आज जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेर राताम्मे भएको छ । दुई सय ३१ कम्पनीका ५६ लाख ६२ हजार कित्ता शेयर तीन अर्ब दुई करोड ६३ लाख रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै अपी पावर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज बुद्धभूमि हाइड्रोको शेयर साढे पाँच प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि गुराँस लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ । 
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया