प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पास गर्न नहुने बताउनुभएको छ ।
आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद रावलले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी सम्झौताको धारा ५ का उपधाराहरूमा अमेरिकाको वर्तमान कानुन र भविष्यको कानुन मान्नुपर्ने लेखेको उल्लेख गरिनुका साथै एमसीसीलाई सन्तुष्ट हुने गरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकाले एमसीसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधीनता र स्वाभिमान विरोधी भएको बताउनुभयो ।
सांसद रावलले एमसीए नेपालले विभिन्न मन्त्रालयहरूसँग सम्झौता गर्न उचित नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्पष्ट शब्दमा भनिरहेको छु । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग भएका मूल सम्झौता, कार्यान्वयन सम्झौता, त्यसपछि गरेका झन्डै एक दर्जन सम्झौतका थुप्रै प्रावधानहरू राष्ट्रघाती छन् । त्यसले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान, आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्छ । संविधानअनुसार हामी निर्वाचित व्यक्तिहरूले कसैको डर नमानी आफ्नो देशकाे हितमा उभिनेछौँ भन्ने शपथ खाएका छौँ । कुनै पनि पार्टीको नेता, संसदको सदस्यले शपथको विरुद्धमा गएर एमसीसीका राष्ट्रघाती सम्झौताका कतिपय प्रावधानहरूलाई मान्न हुँदैन । एमसीए नेपाल भनेको अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति अन्तर्गतको सानो कार्यालय भनेको छ । त्यो कार्यालयले मन्त्रालयलाई नियन्त्रण गर्ने सम्झौता गराउने कुन कानुन हो ? दफा ५ र ६ मा अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा विपरीत कुनै पनि काम गर्न नपाइने कुरा छ भने अर्को कुरा यो कम्प्याक्ट र यस सम्झौतासँग नमिल्ने गरी कसैसँग पनि कुनै काम गर्न नपाइने छ । यो कुरा कुनै देशसँग नभइ हाम्रो देशको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानँग सम्बन्धित छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।