प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसीसी संशोधन–परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताउनुभयो । आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले एमसीसीको विषयलाई संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गराइ छलफल गर्नुपर्ने बताउनुभयो ।
नेता गुरुङले संसदमा अवराेध भएकाले एमसीसीको विषय विधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गर्नुपर्ने बताउनुभयो । उहाँले संसद् नचलेसम्म कुनै पनि राष्ट्रिय एजेन्डा संसदमा टेबुल गर्न नमिल्ने तर्क गर्नुभयो ।
सांसद गुरुङले भन्नुभयो, ‘राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू रहेका हुनाले एमसीसी संशोधन र परिमार्जनका लागि पहल गरौँ । वार्ता गरौँ, कुराकानी गरौँ । जति संशोधन, परिमार्जन गर्न सकिन्छ, त्यो प्रयास गरौँ । त्यसको आधारमा राष्ट्रिय सहमति जुटाउने कोसिस गरौँ । त्यही राष्ट्रिय सहमतिको आधारमा अघि बढौँ । एमसीसी तत्काल टेबुल गर्नलाई सहमति जुटेकै छैन । दोस्रो कुरा संसदमा अवराेध छ । संसद् नचलेकाे अवस्थामा कुनै पनि विधेयक, सन्धि, सम्झौता जस्ता एजेन्डा अघि बढ्दैन । अहिले हामी सरकारमा छौँ भनेर एउटा कुरा गर्ने, भोलि प्रतिपक्षमा हुँदा अर्को अभ्यास गर्ने कुरा आउँदैन । प्रतिपक्ष वा सरकारमा भए पनि विधिको शासनलाई पालना गर्नुपर्छ । नाम विधायिका भन्ने अनि विधिको मान्यतालाई नमान्ने ? सदन खुलिसकेपछि एजेन्डाको सन्दर्भमा सहमति गर्ने कुराको सन्दर्भमा पनि संविधानसम्मत, विधि, कानुनसम्मत, ऐन र परम्परागत अभ्याससम्मत विषयहरूको सन्दर्भमा एजेन्डा आइसकेपछि सहज ढङ्गले सभामुखले प्रक्रिया अघि बढाउनुहुन्छ । संविधानलाई नै प्रभावित पार्ने खालका विषयहरू टेबुलमा लैजान पनि राष्ट्रिय सहमति गर्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।