लगातार तेस्राे वर्ष पनि खाेटाङमा सुन्तला उत्पादन घट्याे

 फागुन ६, २०७८ शुक्रबार १४:५३:४५ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङमा लगातार तेश्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सात सय ४१ हेक्टरमा तीन हजार तीन सय ३० मेट्रिक टन सुन्ताल सुत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सात सय ४२ हेक्टरमा तीन हजार तीन सय ३१ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तथ्यांकमा चालु आर्थिक वर्षमा एक टनले सुन्तला वृद्धि भएको देखिए पनि यो वर्ष उत्पादन क्षेत्रफल बढाइएकाले तुलनात्मकरुपमा सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । 

१० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ६ हजार पाँच सय ८६ मेट्रिक टन र आर्थिक वर्ष २०७५/७६ मा सात हजार पाँच सय ४० टन सुन्तला उत्पादन भएको थियो । सुन्तला उत्पादनका लागि योग्य जमिन आठ सय १० हेक्टर भए पनि त्याे भन्दा कम क्षेत्रफलमा सुन्तला लगाइएको छ । रोग तथा किराको प्रकोपका कारण सुन्तला उत्पादन घटेको कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयो ।

उहाँका अनुसार ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकामा लगाइएको सुन्तलामा सिट्रस ग्रिनिङ रोग देखिएको छ । रोग तथा किराको आक्रमणका कारण सुन्तला उत्पादनमा आएको कमीका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानी लगायतका हाटबजारमा अपेक्षाभन्दा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् । 

जिल्लाको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढी वडामा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाबाट सहजताकासाथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसानकाे संख्या बढ्दो छ ।

कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन् । तर सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरुको गुनासो छ । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया