खोटाङ : आगलागीबाट घर जलेर नष्ट भएपछि विस्थापित परिवारको बिचल्ली

 फागुन ८, २०७८ आइतबार १०:४५:४५ | दमन राई
unn.prixa.net

खाेटाङ - खोटाङमा आगलागीबाट घर जलेर नष्ट भएपछि आठ जनाकाे परिवारकाे बिचल्ली भएकाे छ। 

शुक्रवार घर आगोले जलेर नष्ट भएपछि  जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी (पाथीभरा) का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको हाे।

भान्छाका रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका सबैथोक जल्दा  आठ जनाको परिवारको बिचल्ली भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताउनुभयो।

राई परिवार अहिले रेडक्रसले उपलब्ध गराएको त्रिपाल टाँगेर बसेका छन् । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया