प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – सरकारले बादी, दलित र पिछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समुदायहरूको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि बादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पिछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिएको जानकारी दिनुभएको हो ।
राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलित आयोग भए पनि उनीहरूको समग्र उत्थानका लागि विकास समिति नै उपयुक्त हुने भएकाले आफूले दलितहरूको पनि उत्थान विकास समिति बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको तर्क गर्नुभयो । मन्त्री श्रेष्ठले ती प्रस्तावहरू मन्त्रिपरिषद्को प्रशासन समितिमा छलफल भइरहेको र छिट्टै मन्त्रिपरिषद् बैठकबाट पारित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले खस–आर्य समुदायले पनि छुट्टै आयोग बनाउनका लागि आफू समक्ष प्रस्ताव गरेको र त्यस विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।