पृथ्वी राजमार्गअन्तर्गत छिर्कने–देउराली सडक खण्ड आउँदाे सोमवारद...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ३८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार दुई सय ४४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काेभिड–१९ सङ्क्रमणकाे तेस्रो लहर सुरु भएपछि गएको माघको दोस्रो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जनासम्म पुगेको छ । नेपालमा अहिलेसम्म नौ लाख ५१ हजार तीन सय ९४ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन आरडीटी गरी नौ हजार आठ सय १५ जनाको नमुना परीक्षण गर्दा दुई सय ६२ जनामा सङ्क्रमण देखिएको छ । यही अवधिमा सङ्क्रमणबाट चार जनाकाे ज्यान गएसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २१ जना पुगेको छ ।
यसैबीच २४ घण्टामा ३३ हजार दुई सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।