अमेरिकाकाे दबाबले सिङ्गाे नेपाल विभाजित भइरहेकाे छ : झलनाथ खनाल

 फागुन ८, २०७८ आइतबार १९:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्घीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबल गर्नु संविधान विरोधी काम भएको बताउनुभएकाे छ । आज आइतवारकाे प्रतिनिधि सभाकाे बैठकपछि बाेल्दै उहाँले सरकारमा रहेका दलहरूको असहमतिमा संसदमा एमसीसी टेबल गरिनु संविधानलाई मिच्ने काम भएको बताउनुभयो । 

प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूचीसमेत ल्याउन नमिल्ने भन्दै नेता खनालले सरकारले राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई संसद् अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताउनुभयो । 

नेता खनालले एउटा आर्थिक सहायताका लागि देश विभाजन गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान सभाले बनाएको संविधानको धारा २७९ ले सङ्घीय ऐन बनाएर मात्रै यस्ता खालका सन्धि, सम्झौताहरू अनुमोदन गराउन भन्छ । चार प्रकारका सन्धि, सम्झाैताहरू मात्रै यो ठाउँमा अनुमोदनका लागि ल्याइने गरिन्छ । सङ्घीय ऐन नै नबनाइ संविधानलाई मिचेर जबरजस्ती एमसीसी टेबल गर्नु संविधान विरोधी काम हो । संविधानलाई मिच्ने काम भयो । प्रमुख प्रतिपक्षले संसद् चल्न दिएको छैन । यस्तो बेलामा कुनै पनि कार्यसूचीहरू आउँदैनन् । राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई यस्तो बेलामा पेस गर्ने कुरा अर्को लज्जास्पद कुरा हो । स्थायी कमिटीको बैठकमा एमसीसी टेबुल गर्न दिने भनिएको छैन । अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भइरहेको छ । एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? यसका लागि कतिपय मानिसहरु यहाँ निहुरिरहेका छन्, यो लज्जास्पद कुरा हो ।’ 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया