एमसीसी संसदबाट पारित गराउन अमेरिकाले दबाब दिएकाे छैन : कांग्रेस प्रवक्ता महत

 फागुन ९, २०७८ सोमबार १८:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पार्नुभएको छ । पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताउनुभएको हो । 

आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनुभयो । प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन नेपाल आफैँ सक्षम रहेको दाबीसमेत गर्नुभयो । उहाँले नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्वीकार गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो ।

प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको उल्लेख गर्दै संसदबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कसलाई दबाब परेको छ, उहाँहरूले जवाफ दिनुहोला । जहाँसम्म नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेस नेतृत्वको सरकारको प्रश्न छ । हामीले यसलाई दबाबकाे रूपमा लिएका छैनौँ । यसको छिनोफानो गर्दिनुस् भन्ने अमेरिकी सरकारको भनाइ हो । र हामीले छिनोफानो गर्नुपर्छ । हामी आफैँ यो निर्णय गर्न सक्छौँ ।’

प्रवक्ता महतले चीनसँग सम्झौता गरिएको बीआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले चीन सरकारले प्रस्ताव गरेको याे परियोजना आफू परराष्ट्र मन्त्री हुँदा स्वीकार गरेको स्मरण पनि गराउनुभयो ।

प्रवक्ता महतले राष्ट्रको हितमा हुने कुनै पनि प्रकारको सम्झौता स्वीकार गरेर नेपाल सरकार अघि बढ्ने पटक–पटक दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया