विश्वका थुप्रै देशमा एमसीसी पारित भइसक्यो, हामीले किन विवाद गरिरहेका छौँ ? : रिजाल

 फागुन १५, २०७८ आइतबार १७:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसी देशको हितमा हुँदाहुँदै पनि भ्रम फैलाउने काम भइरहेको बताउनुभएको छ । 

अमेरिकी सहायता एमसीसी सम्झौतामाथिको आज आइतवारकाे संसद् बैठककाे छलफलमा बोल्दै रिजालले सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले सडकमा कार्यकर्ता उतार्ने र संसदमा पनि केही सांसदले पक्ष र केहीले विरोधमा बोलेर रमिता देखाएको आरोप पनि लगाउनुभयो । एमसीसीबारे भ्रम फैलाउने काम नेताहरूबाटै भएको उहाँको आरोप छ । 

‘एमसीसी सम्झौता नेपालमा मात्र लागू हुने जसरी बहस भइरहेको छ, जुन गलत छ, दुनियाँका थुप्रै देशमा एमसीसी लागू भएर अनुदान उपलब्ध भइरहेको अवस्थामा नेपालमा गलत बहस भइरहेको छ । नेपालमा हामीले चाहेको विकासको लागि बर्सेनि १० खर्ब रुपैयाँ विकास बजेट चाहिन्छ भन्ने तर अनुदानका रूपमा लिने रकममा यसरी बखेडा झिक्ने दोहोरो भनाइले गर्दा देशलाई हित गर्दैन’, रिजालले भन्नुभयो । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया